झुटो प्रचार नगर्न कास्की प्रहरीको अनुरोध

Share this post :

Facebook
Twitter
WhatsApp

झुटो र तथ्यविहीन प्रचार नगर्नको लागि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो ।पूर्वउप्रभान एवं गृहमन्त्री रवि लामिछानेलाई गत ८ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पति शुद्धिकरण सम्बन्धि मुद्दामा म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराउने क्रममा नेपाल प्रहरीले इजलासमा आदराथ शव्दको प्रयोग नगरेको बताएको छ । प्रेस विज्ञप्ती जारी गर्दै ईजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमासमेत दुव्र्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारलाई सामाजिक सञ्चालमा सम्प्रेषण गरेको बताएको छ । कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई ८ गते दोस्रोपटक ७ दिनको म्याद थप गरिएको थियो ।
‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ । नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ । त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरुलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तीमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *