शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

Share this post :

Facebook
Twitter
WhatsApp

यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ ।

जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन लागेको हो । प्रतिष्ठानले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेतवहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए ।

लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय छ । विस २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ । राष्ट्रिय पुरस्कारवाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा वराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा, लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी, भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मि प्राडा जगमान गुरुङलाई प्रदान गरिसकिएको छ ।

त्यस्तै वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेलघर्मेलीले प्राप्त गर्नुभएको सहसचिव संजय थापाले जानकारी दिनुभयो ।दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सीनाको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेका हो ।

प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विघा, लोक साहित्य, जनवादी र प्रगतिशील साहित्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा वोल्दै प्रतिष्ठानका अध्यक्ष हरिवहादुर वरुवालले नेपाली साहित्य, कला र विभिन्न क्षेत्रमा प्रतिष्ठानले निकै ठुलो योगदान पुर्याएको वताउदै, प्रतिष्ठान राष्ट्रिय स्तरको भएपनि ओझेलमा पर्ने गरेको गुनासो गरे ।

प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र वाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *