साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Share this post :

Facebook
Twitter
WhatsApp

काठमाडौंमा आयोजित साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि डिफेन्डीङ च्याम्पियन बंगलादेशले जितेको छ ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २–१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा तीन गोल नै दोस्रो हाफमा भएको हो । 

५२ औं मिनेटमा बंगलादेशका लागि मोनिका चक्माले गोल गर्दै अग्रता दिलाएकोमा ५६ औं मिनेटमा नेपालका लागि अमृता जैशीले गोल गर्दै अग्रता बराबरी बनाइन् ।

८१ औं मिनेटमा विङ्गर रितु पोर्ना चक्माले बंगलादेशका लागि गरेको गोल निर्णयक भयो । सो संगै नेपाल २–१ ले पराजित भएकोे हो । यसअघि २०२२ मा पनि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पटक हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *