अर्जुन हिताङ – पाेखरा
पाेखरामा लैंगिक समानता र विकाससम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । जागृति बाल तथा युवा सराेकार नेपालकाे आयाेजनामा साेमबार उक्त कार्यक्रम राखिएकाे हाे ।
कार्यक्रममा बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएका संघसंस्था र किशाेरीहरूकाे सहभागीता थियाे । सहभागी किशोरीहरूले आफ्ना संघर्षका कथा प्रस्तुत गरेकाे संस्थाका अध्यक्ष तिलाेतम पाैडेलले बताए ।
बालबालिका, किशोरी तथा युवाको अधिकार, सशक्तीकरण र सम्मानका लागि विगत दुई दशकभन्दा बढी समयदेखि क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपाल (Jagriti Child and Youth Concern Nepal – JCYCN) ले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सन् २००१ मा स्थापना भएको संस्थाले “Uplifting human dignity since 1992” भन्ने मूल मन्त्रका साथ बालबालिका तथा युवाको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्दै आएको छ । “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने भावनालाई आत्मसात् गर्दै संस्थाले Empower the Girl, Change the World र Youth for Peace and Development जस्ता नारालाई व्यवहारमा उतार्दै आएको छ ।
संस्थाले विशेष गरी किशोरी सशक्तीकरण, बालमैत्री र पोषणमैत्री कार्यक्रम, युवामैत्री स्थानीय शासन प्रवर्द्धन, शान्ति स्थापना, लैङ्गिक समानता तथा विकासका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । समुदायस्तरमा सचेतना अभिवृद्धि, नेतृत्व विकास, क्षमता विकास तालिम, बालअधिकार संरक्षण तथा नीति–निर्माणमा युवाको सहभागिता बढाउन संस्थाको भूमिका उल्लेखनीय रहेको छ । नेपाल सरकारको सम्बन्धित निकायहरूसँग आबद्धता प्राप्त यस संस्थाले National Youth Council लगायत विभिन्न सामाजिक सञ्जाल तथा संस्थासँग सहकार्य गर्दै देशभर आफ्ना गतिविधि विस्तार गरेको छ । विशेषगरी ग्रामीण तथा सीमान्तकृत समुदायमा रहेका बालबालिका र युवालाई लक्षित कार्यक्रमहरूले उनीहरूको आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गरेको छ । समावेशी, सुरक्षित र उज्यालो भविष्यको परिकल्पना युवा परिषदले नै गर्न सक्छ। नेपालको सरकारी तवर्गबाट हेर्नेहो भने १८-३५ वर्षका उमेर समूहलाई मुख्य युवा भन्ने चलन छ ।
स्थापना कालदेखि हालसम्म जागृति बाल तथा युवा सरोकार नेपालले सामाजिक उत्तरदायित्व, सुशासन र दिगो विकासलाई केन्द्रमा राखी काम गर्दै आएको छ । आगामी दिनमा पनि संस्थाले बालबालिका र युवालाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्दै राष्ट्र निर्माणमा थप योगदान दिने विश्वास व्यक्त गरिएको छ ।



One Response
Apply now and receive dedicated support for affiliates!