लागूऔषध मुद्दाका फरार कसुरदार २२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाबाट २०५९ वैशाख २३ गते भएको फैसलाले १० महिना १८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका आँधीखोला गाउँपालिका–४ का ४८ वर्षिय रामचन्द्र पौडेललाई आज पक्राउ गरिएको हो । पक्राउ परेका पौडेललाई जिल्ला अदालत बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए । अदालतबाट भएका फैसला कार्यान्वयनलाई चुस्त, दूरुस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माण अभियान अन्तर्गत सादा पोषाकमा खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेको थियो ।
Post Views: 36