एक महिनामा स्याङ्जा प्रहरीमा १७ मुद्दा दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

गत माघ महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जा महिनामा १७ वटा विभिन्न मुद्दा दर्ता भएकम छन् । विभिन्न मुद्वामा फरार २३ जनालाई पक्राउ गरेको छ ।

स्याङ्जा प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका मुद्दामध्ये ११ वटा जघन्य तथा गम्भीर प्रकृतिका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३ र अन्य ३ वटा मुद्दा दर्ता भएका छन् ।

माघ महिनामा १५ जना हराएको उजुरी प्राप्त गरेकोमा ६ जनालाई फेला पारेको छ । प्रत्यक्ष निवेदनमार्फत ३४ वटा र जिल्ला प्रशासन कार्यालयमार्फत २ वटा गरी ३६ वटा उजुरी फछ्र्यौट गरिएको प्रहरी नायव उपरीक्षक प्रशन्नराज चौधरीले बताए ।
लागुऔषध नियन्त्रणतर्फ १ सय ५५ ग्राम गाँजासहित ५ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । यस महिनामा झुन्डिएर १ र हामफालेर १ गरी २ जनाले आत्महत्या गरेका छन् । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनतर्फ ९ सय ७३ वटा सवारी साधनलाई कारबाही गरी ८ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिई ४६ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
विपद् व्यवस्थापनतर्फ ५ वटा आगलागीका घटनामा २९ जना प्रहरी परिचालन गरी उद्धार कार्य गरिएको थियो ।

प्रहरीले शान्ति, सुरक्षाका लागि महिनाभर १ हजार ३ सय ४४ पटक पिकेट, चेकिङ र ग्रामीण गस्ती गरेको छ ।
प्रहरीले समुदाय र विद्यालय केन्द्रित विभिन्न ५४ वटा सचेतनामूलक कार्यक्रम गरेको छ । जसमा साइबर अपराध, बालविवाह, घरेलु हिंसा र लागुऔषध विरुद्ध ७ सय ८६ जनालाई प्रशिक्षित गरिएको छ । नागरिक सहायता कक्षमार्फत १ हजार ६ सय जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको र प्रहरीको हटलाइनमा ९०१ वटा फोन कल प्राप्त भएको विवरणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *