भदौ २३ र २४ को जेन्जी प्रदर्शनपछि गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका ६ जना डिएसपीलाई पुरस्कृतका लागि सिफारिस गरेकाे छ ।
प्रदर्शनका क्रममा उनीहरुको कमाण्डमा रहेका कार्यालय सुरक्षित राख्न सफल र शान्ति सुरक्षा तथा जनधनको संरक्षणका लागि उल्लेखनीय भूमिका खेलेको भन्दै आयोगले सिफारिस गरेकाे हाे ।
सिफारिस हुनेमा प्रहरी एकेडेमीकी डिएसपी चिनिमाया तामाङ, मालीगाउँका डीएसपी सुनिलजंग शाह, कास्कीका डीएसपी हरिबहादुर बस्नेत, कालिमाटी वृत्तका डीएसपी मधु थापा, जनसेवाका डीएसपी कृष्णकुमार चन्द र ठिमीका डीएसपी नवराज ढुंगानालाई पुरस्कृत गर्न सिफारिस गरेको जनाइएको छ ।


