प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी हुन् ।
सिफारिस अनुसार खनाललाई अर्थ मन्त्रालय, अर्याललाई गृह तथा कानुन मन्त्रालय र घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
Post Views: 7