नेकपा माओवादीकाे सबै कमिटी भंग भएका छन् भने, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन गरिने भएकाे छ । पार्टीको आज बसेकाे केन्द्रीय कमिटीको वैठकले उक्त निर्णय गरेकाे हाे ।
माओवादी अध्यक्ष प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचना भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् ।
Post Views: 17