एक अर्कामा आरोप–प्रत्यारोप गर्ने होइन, देश निर्माणमा एकजुट होऔ– गुरुङ

Share this post :

Facebook
Twitter
WhatsApp

गत भदौको जेन्जी आन्दोलनमा देशका संरक्षण ध्वस्त भएपछि पुनर्निमार्णमा एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले राजनीतिक दल र व्यक्ति केन्द्रित भएर आरोप–प्रत्यारोप गर्नुभन्दा पुनर्निमार्णको लागि सवै नेपाली एकजुट हुुनुपर्ने बताएका हुन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिकामा पार्टी कार्यकर्तासंग भेटघाट गर्दै नेता गुरुङले राजनीतिक दलभन्दा माथि उठेर देश निर्माणमा लाग्नुुपर्ने बताए । ‘आन्दोलनबाट पनि केही पाठ सिकेर अघि पढ्नुपर्छ’ गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका गुरुङले भने, ‘जेन्जीको भावना अनुसार देशको समस्या मध्यनजरमा राखेर एउटै सोच र एउटै विचार राखेर देश बनाउन सके मात्र देशमा शान्ति र समृद्धि आउँछ ।’

उनले राजनीतिक दलले प्रतिशोध साधेर अघि बढेमा हिजो जस्तै क्षति व्यहोर्नुपर्ने बताए । गण्डकी प्रदेश सभा राप्रपा संसदीय दलका नेता गुरुङले नवीन समझदारीबाट निकास निकाल्नुपर्नेमा जोड दिए । उनले सवैजना मिलेर देश बनाउनुको विकल्प नरहेको सुनाए । देश निर्माणका लागि हातेमालो गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सवै आ–आफ्नो ठाउँबाट लागौ’ उनले भने, ‘हाम्रा गाउँ ठाउँमा पनि क्षति भएका संरचना पुनर्निमाण गर्नको लागि हामी एकजुट होऔ ।’ गुरुङले जनताका आवश्यकता संरचना निर्माणको लागि श्रमदान गर्न पनि अगाडि बढ्नुपर्ने भन्दै कार्यकर्तालाई सुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *