राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

Share this post :

Facebook
Twitter
WhatsApp

अविरल वर्षासँग राजधानी (काठमाडौँ उपत्यका) प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन् । हेटौंडा हुँदै काठमाडौं आउने कान्ति लोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् ।

मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ । वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ । प्रहरी उपरीक्षक सुवेदीले अत्यावश्यक भए सडकको अवस्था बुझेरमात्रै यात्रामा निस्किन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *