प्रतिनिधिसभाको उपसभामुखमा रुवीकुमारी ठाकुर निर्वाचित 

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा प्रतिनिधिसभाको शुक्रबार बसेकाे बैठकबाट ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन् । 

रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ सांसदले मतदान गरेका थिए । उक्त प्रस्तावको विपक्षमा ५ सांसदले मतदान गरे । रुवीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा राप्रपाका सांसदले मतदान गरेका हुन् । २२ सांसदले भने पक्ष र विपक्ष कतै पनि मतदान गरेनन् । उक्त प्रस्तावमा मतविभाजन गर्दा प्रतिनिधिसभा बैठकमा २ सय ५६ सांसद उपस्थित थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *