सुनचाँदीको मूल्यमा आइतबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ९७ हजार १ सय तोकिएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय थियो ।
यस्तै, चाँदी आज तोलाको ४ हजार ९७५ मा किनबेच भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य ४ हजार ९६० रहेको थियो ।


