पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहसम्म निःशुल्क बस सेवा शुभारम्भ

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा शुभारम्भ गरेको छ । उक्त सेवाको नगरप्रमुख धनराज आचार्यले मङ्गलवार शुभारम्भ गरेका हुन् । महानगर यातायात प्रा.ली. काठमाडौँ, कृषि विकास बैङ्क र कामना सेवा विकास बैङ्कसँगको सहकार्यमा महानगरपालिकाले उक्त रुटमा सुविधा सम्पन्न विद्युतीय बसहरू सञ्चालनमा ल्याएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आवत जावत गर्ने हवाई यात्रुहरूलाई भरपर्दो विश्वसनीय र सरल रूपमा आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यियले साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन गरिएको नगरप्रमुख आचार्यले बताए । पाइलोटिङ्का रूपमा पहिलो चरणमा आषाढ मसान्तसम्मका लागि निःशुल्क सेवा शुभारम्भ गरिएकामा त्यसपछाडि भने यसको प्रभावकारिता अनुसार परिष्कृत रूपमा सेवा सुचारु गरिने उनले बताए ।

तत्कालका लागि ती बसहरू रिर्चाजका लागि पर्यटन बसपार्कमा रहेको चार्जिङ स्टेसनमा आवश्यक व्यवस्थापन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँगको समन्वयमा उडानको चाप अनुसार सेवा अवधि (समय) थपघट गर्न सकिने छ । भविष्यमा यसको सेवा क्षेत्र विस्तार गरी पोखराका मुख्य गन्तव्य स्थलसम्म विस्तार गर्ने योजना समेत रहेको नगर प्रमुख आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *