नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ ।
राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो ।
मुख्य विषय
*५ वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने ।
*विद्यार्थीका लागि: ‘Earn While You Learn’ (पढ्दै कमाउँदै) मोडेल लागू गर्ने ।
*५ वर्षभित्र आर्थिक वृद्धिदर: औसत ७ प्रतिशत।
*प्रतिव्यक्ति आय: ३,००० अमेरिकी डलर।
*कुल गार्हस्थ्य उत्पादन (GDP): १०० अर्ब डलरको नजिक पुर्याउने।
*गरिबीलाई १० प्रतिशतमा झार्ने।
- २०४६ सालपछिका सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन।
*निजामती सेवा र शिक्षण संस्थाबाट दलीय ट्रेड युनियन खारेज।
*सार्वजनिक सेवामा ‘टाइम कार्ड’ र कागजविहीन डिजिटल प्रणाली।
*आगामी दशकमा ३०,००० मेगावाटको विद्युत् उत्पादन लक्ष्य।
*किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित पेन्सन।
*२०८८ सम्म कुल बजेटको ८ प्रतिशत स्वास्थ्यमा पुर्याउने।
*प्रत्येक प्रदेशमा अत्याधुनिक नमुना समावेशी विद्यालय।
*जलन पीडित र विपन्नका लागि नि:शुल्क उपचारको ग्यारेन्टी ।


