प्रधानमन्त्री शाहले सबै पार्टीका समानुपातिक सांसदसँग बुधबार अन्तरक्रिया गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग बुधबार अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आयोजना हुँदै छ ।

कार्यक्रममा माननीयले आ-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन् । यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ ।

कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *