अन्तर्राष्ट्रिय श्रमिक दिवसमा प्रचण्डको शुभकामना: श्रमिक अधिकार संरक्षणमा प्रतिबद्धता दोहोर्‍याए

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) का अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले श्रमिक वर्गको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभेच्छा व्यक्त गरेका हुन्।

शुभकामना सन्देशमा प्रचण्डले अमेरिकाको शिकागोमा मजदूरहरूले आठ घण्टा कार्यदिनको माग गर्दै गरेको ऐतिहासिक संघर्षको स्मरण गर्दै विश्वभर यो दिवस मनाइँदै आएको उल्लेख गरेका छन्। उनले नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

उनले नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग, विशेषतः किसान, मजदूर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने बताएका छन्। साथै श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रचण्डले श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बन्नुपर्ने उल्लेख गरेका छन्।

अन्त्यमा उनले नेपाल तथा विश्वभरिका सम्पूर्ण श्रमजीवी वर्गप्रति पुनः सम्मान, ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन् । १८ वैशाख २०८३ (१ मई २०२६)

Leave a Reply

Your email address will not be published. Required fields are marked *