राष्ट्रपतिद्वारा थप ३ अध्यादेश जारी, कुल संख्या ६ पुग्यो

राष्ट्रपति रामचन्द्र पाैडेलले आज थप तीन वटा अध्यादेश जारी गरेका छन्। यससँगै हालसम्म जारी भएका अध्यादेशको कुल संख्या ६ पुगेको छ।

राष्ट्रपतिबाट जारी गरिएका नयाँ अध्यादेशहरूमा “स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३”, “सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” र “विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” रहेका छन्।

यसअघि नै तीन वटा अध्यादेश जारी भइसकेका थिए। पछिल्ला निर्णयसँगै सरकारले अध्यादेशमार्फत विभिन्न कानुनी तथा प्रशासनिक सुधारलाई तीव्रता दिने संकेत गरेको देखिन्छ।

अध्यादेश जारी भएसँगै सम्बन्धित क्षेत्रहरूमा नीतिगत परिवर्तन तथा व्यवस्थापनमा प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *