राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले २०८३ साल वैशाख २८ गते सोमबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको अधिवेशन बोलाएका हुन् ।
राष्ट्रपथि कार्यालयद्वारा जारी सूचनाअनुसार अधिवेशन संघीय संसद भवनमा सञ्चालन हुनेछ । प्रतिनिधि सभाको बैठक निर्माणाधीन भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक सचिवालय परिसरस्थित राष्ट्रिय सभा कक्षमा आयोजना गरिनेछ । सचिवालयले सबै सांसदलाई तोकिएको समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ ।




