प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने लगायतका विषयमा निर्णय हुनेछ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सेवानिवृत्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ । वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले हाल कायममुकाम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *