मन्त्रालय पुनःसंरचना प्रस्ताव: २१ बाट घटाएर १७ मन्त्रालय बनाउने सुझाव

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री वालेन शाहले मन्त्रालय पुनःसंरचनाका लागि गठन गरेको समितिले संघीय सरकारका मन्त्रालय संख्या घटाउने प्रस्ताव अघि सारेका छन् । हाल कायम २१ वटा मन्त्रालयमध्ये चार मन्त्रालय कटौती गर्दै कुल संख्या १७ मा सीमित गर्न सुझाव दिएको हो ।

समितिले प्रशासनिक खर्च घटाउने, कार्यसम्पादनलाई प्रभावकारी बनाउने तथा दोहोरो जिम्मेवारी हटाउने उद्देश्यसहित यस्तो प्रस्ताव तयार पारेको जनाएको छ । मन्त्रालयको संख्या घटाउँदा निर्णय प्रक्रिया छरितो हुने र सरकारी संयन्त्र चुस्त बन्ने विश्वास गरिएको छ।

प्रस्तावबारे सरकारभित्र छलफल भइरहेको जनाइएको छ भने यसलाई कार्यान्वयनमा लैजाने विषयमा थप अध्ययन र राजनीतिक सहमति आवश्यक पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *