सरकारले अब धानको समर्थन मूल्य वैज्ञानिक आधारमा निर्धारण गर्ने तयारी थालेको छ। किसानले उत्पादन गरेको मोटा र मसिना धानको उचित मूल्य सुनिश्चित गर्न कृषि विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई नयाँ समर्थन मूल्य सिफारिस गरेको हो ।
विभागले देशका विभिन्न जिल्लामा धान उत्पादनको वास्तविक लागत, बीउ, मल, श्रम, ढुवानी खर्च, मुद्रास्फीति तथा बजार अवस्थाको स्थलगत अध्ययनपछि वैज्ञानिक मूल्य निर्धारणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
कृषि विभागका महानिर्देशक का अनुसार २२ जिल्लामा गरिएको अध्ययनका आधारमा गत वर्षको न्यूनतम समर्थन मूल्यमा केही वृद्धि गर्दै नयाँ मूल्य प्रस्ताव गरिनेछ ।
अब कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त सिफारिस मन्त्रिपरिषद्मा पठाउनेछ। मन्त्रिपरिषद्बाट अन्तिम निर्णय भएपछि सरकारले आधिकारिक रूपमा नयाँ समर्थन मूल्य सार्वजनिक गर्ने तयारी गरेको छ ।
सरकारले तोकेको समर्थन मूल्यमा मार्फत किसानबाट धान खरिद गरिने तयारी गरिएको छ । यसलाई किसानलाई उचित मूल्य दिलाउने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने तथा बजारमा धानको मूल्य स्थिर राख्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

