ला.प.से. चेकिङ अभियानमा स्याङ्जामा ९ जना चालक नियन्त्रणमा

Share this post :

Facebook
Twitter
WhatsApp

सडक दुर्घटना न्यूनीकरण गर्दै यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको “ला.प.से. (लागू पदार्थ सेवन) चेकिङ अभियान” अन्तर्गत ९ जना सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत जेठ ३ गतेदेखि  हालसम्म जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी टोलीले पुतलीबजार नगरपालिका-१ स्थित बसपार्क क्षेत्रको सिद्धार्थ राजमार्ग सडक खण्डमा निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन भए-नभएको चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ९ जना चालकले लागू पदार्थ सेवन गरी सवारी साधन चलाइरहेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका चालकहरू विरुद्ध लागू औषध सेवन सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले सडक सुरक्षालाई चुनौती दिने यस्ता गतिविधि नियन्त्रणका लागि ला.प.से. चेकिङ अभियानलाई निरन्तरता दिने जनाएको छ ।

नियन्त्रणमा लिईएका चालकहरूको विवरणः-

१)  म.प्र.०३-००२ ख. ४१०१ नं. को ट्रक चालक जिल्ला रौतहट, चन्द्रपुर न.पा.वडा नं.-०२ बस्ने २७ वर्षीय अक्षय कुमार चौधरी,

२)  ग.१ ख. ५५५५ नं.को हाईस चालक जिल्ला स्याङ्जा, चापाकोट न.पा.वडा नं.-०४ बस्ने ४१ वर्षीय याम बहादुर गुरुङ ।

३)  ग. २४ प. ३१० नम्बरको Crossfire मोटरसारईकल चालक जिल्ला स्याङजा, वालिङ न.पा.वडा नं.-१० बस्ने  १९ वर्षीय को लिजन थापा ।

४)  लु. ९२ प. ८४२५ नं. को Pulsar मोटरसाईकल चालक जिल्ला स्याङजा, गल्याङ न.पा.वडा नं.-०८ बस्ने  १९ वर्षीय अभिषेक सारु ।

५)  ग. २० प. १९९ नं. को KTM मोटरसाईकल चालक जिल्ला स्याङजा, वालिङ न.पा.वडा नं.-०६ बस्ने  २१ वर्षीय सुमन अर्याल ।

६)  ग. १६ प. ९०४३ नं.को Pulsar मोटरसाईकल चालक को जिल्ला स्याङ्जा, भिरकोट न.पा.वडा नं.-०१ बस्ने   २३ वर्षीय सुविन गुरुङ ।

७)  लु. ९४ प. ५८३३ नं. को Yamaha मोटरसाईकल चालक जिल्ला कपिलबस्तु, कृष्णनगर न.पा.वडा नं.-०९ बस्ने  २३ वर्षीय सोवित कुमार गुप्ता ।

८)  लु.प्र.०१-०११ प २२३३ नं. को Pulsar मोटरसाईकल चालक जिल्ला कपिलबस्तु, कृष्णनगर न.पा.वडा नं.-०८ बस्ने  २३ वर्षीय विबेक कुमार चौधरी ।

९)  ना. ४५ प. २०५ नं. को स्कूटर चालक जिल्ला स्याङ्जा, चापाकोट न.पा.वडा नं.-०८ बस्ने २८ वर्षीय राजिन नेपाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *