स्याङ्जामा विभिन्न मुद्वाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीरकोट नगरपालिका-३ बस्ने ५० वर्षीया वुद्दिसरा खत्री, चापाकोट नपा-४ बस्ने २८ वर्षीय मोहम्मद मुकतार र भीरकोट-८ बस्ने आश बहादुर कामी रहेका छन् ।।
खत्रीलाई खाना लाउन खर्च बावत ३,४९०, मुकतार घरेलु हिंसामा ३ हजार र कामीकाे चोरी सम्बन्धी कसूरमा १५ सय रूपैयाँ जरिवाना ताेकिएकाे थियाे ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको अभियान चलाएकाे स्याङ्जा प्रहरीले धमाधम फरार प्रतिवादी समात्दे कानुनी दायरामा ल्याएकाे जिल्ला प्रहरीका सूचना अधिकारी कमल नेपालीले जानकारी दिए । पक्राउ परेका तीन जनालाई पनि जरिवाना भुक्तानीकाे लागि जिल्ला अदालत हाजिर गराईएकाे प्रहरीले जनाएको छ ।

