भारतका लागि नेपालका पूर्वराजदूत आचार्यले प्रम शाहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्तिलाई अस्वीकार

Share this post :

Facebook
Twitter
WhatsApp

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ अभिव्यक्तिलाई अस्वीकार गरेका छन् ।

कान्तिपुरमा प्रकाशित समाचारका अनुसार, उनले नेपाल राज्यका तर्फबाट भारतको कुनै पनि भूमि अतिक्रमण नभएको स्पष्ट पारेका हुन् ।

नेपाल–भारत सम्बन्ध, सन्धि–सम्झौता तथा सीमा विवाद समाधानका लागि गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्यसमेत रहेका आचार्यले नेपाल र भारतबीचको सीमा विवादको अधिकांश हिस्सा समाधान भइसकेको बताए।

उनले भने, “नेपाल राज्यका तर्फबाट भारतको कहीँकतै जग्गा मिचिएको छैन। प्रधानमन्त्रीले भनेजस्तो होइन।”

आचार्यका अनुसार सीमा क्षेत्रमा कतिपय स्थानमा जंगे पिलर हराउने वा अस्पष्ट हुने समस्या देखिए पनि त्यसलाई राज्यस्तरको अतिक्रमण मान्न नमिल्ने बताए। “कतिपय ठाउँमा भारतीय नागरिकले यताको र नेपाली नागरिकले उताको जमिन खेतीपाती वा बसोबासका लागि प्रयोग गरेको देखिन्छ, तर त्यो नेपाल राज्यले भारतको भूमि मिचेको भन्ने होइन,” उनले स्पष्ट पारे।

उनले नेपाल–भारतबीच मुख्य रूपमा लिम्पियाधुरा, लिपुलेक, कालापानी र नवलपरासीको सुस्ता क्षेत्रमा सीमा विवाद रहेको उल्लेख गरे। अन्य स्थानमा देखिएका समस्या सीमा व्यवस्थापनसँग सम्बन्धित भएको उनको भनाइ छ।

“अरू सीमा विवाद होइन, सीमामा देखिएको समस्या हो,” आचार्यले भने, “प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको कुन सन्दर्भमा भन्नुभएको हो, स्पष्ट भएन ।”

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा बोल्दै ‘भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक र कूटनीतिक वृत्तमा बहस सुरु भएको छ । श्रोत : कान्तिपुर

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *