नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले लिए पद तथा गोपनीयताको शपथ

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रपति समक्ष नवनियुक्त गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महाविर पुनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्रीद्वयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति , प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्रीद्वयको शपथसँगै सरकारको मन्त्रिपरिषद्ले थप पूर्णता पाएको छ । सरकारले गृह प्रशासन तथा विज्ञान–प्रविधि क्षेत्रको नेतृत्व नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिएको छ ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *