स्याङ्जामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको चापाकाेट नगरपालिका-४ पुम्दीस्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका-५ का २३ वर्षिय तिलक परियार रहेका छन् । दुर्घटनामा घाइतेकाे परियारकाे उपचारकाे क्रममा गह्राै स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएकाे हाे ।
ट्याक्टरमा चालकसहित तीनजना सवार थिए । अर्का सवार १८ वर्षिय करन परियार घाइते भएका छन् । ट्रिपर चालक दाङकाे शान्तिनगर गापा-१ का २६ वर्षिय रेशमबहादुर गिरी फरार छन् । घटना स्थलबाट भागी फरार रहेका गिरीकाे खाेजी कार्य भईरहेकाे जिल्ला प्रहरी सूचना अधिकारी रमेशदत्त अधिकारीले जानकारी दिए ।
मल्याङ्कोटबाट घर्लिचौर जाने सडक निर्माणको लागी बालुवा लोड गरी जादै गरेको ग१क ४४४६ नं. को ट्रिपर उकालोमा बाटो चिप्लो भई सडकबाट अ. १०० मिटर तल खसेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *