७६ वर्षिया बृद्धामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय रोशन विक पक्राउ

स्याङ्जामा ७६ वर्षीया महिलालाई घरमा एक्लै भएको मौका छोपी जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–४ बस्ने २१ वर्षीय रोशन विक रहेका छन् । जिल्ला प्रहरीका प्रवक्ता रमेशदत्त अवस्थीलका अनुसार साउन २४ गते घरमा एक्लै भएको मौका छोपी जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएपछि पक्राउ परेका विकलाई बुधबार जिल्ला अदालत स्याङ्जामा जवरजस्ती करणीमा मुद्दा दर्ता गरि सात दिनको म्याद थप गरिएको डीएसपी अवस्थीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रोशनलाई एक महिनाअघि अभद्र व्यवहारमा मुद्धा चलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *