प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए ।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरे । नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक-अर्को देशको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

यसैगरी, सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–भारत सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *