समाज

स्याङ्जामा विभिन्न कसूरका ५ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न कसूरमा अदालतबाट जरिवाना तोकिएर फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

एकैदिन अवैध लागूऔषधसहित पाँच जना पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न कसूरमा अदालतबाट जरिवाना तोकिएर फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

२०८३ भदौ ३ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले स्याङ्जा जिल्ला अदालतबाट विभिन्न कसूरमा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सम्बन्ध विच्छेद कसूरमा दुई जना, डाँका चोरी कसूरमा एक जना, कुटपिट कसूरमा एक जना र विदेशी विनिमय कारोबारअन्तर्गत अमेरिकी डलरसम्बन्धी कसूरमा एक जना रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाही तथा अदालतबाट तोकिएको जरिवाना असुलका लागि सोही दिन स्याङ्जा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

सम्बन्धित समाचार