स्वास्थ्यका कारण प्रधानमन्त्री वालेनले कालो चस्मा लगाउनैपर्ने

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री लालेन शाहले कालो चस्मा लगाउनैपर्ने बताइएको छ । उनको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री वालेनले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालय पुगेको पुष्टि गरे ।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई भनेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पोट चाहिने बताएका थिए । यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने भनेर स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र पुगेको हो ।

प्रधानमन्त्री शाहले २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए । परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकोले कालो चस्मा लागउनुपर्ने अस्पतालको रिपोर्ट २६ साउनमा संसद् सचिवालय पठाएको पाइएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्दैछन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

दफा ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सदस्यले आफ्नो प्रश्नको विषयको लिखित जानकारी बैठक प्रारम्भ हुनुभन्दा तीन दिन अगावै सभामुखलाई गराउनुपर्नेछ । यसअनुसार सभामुख अर्यालले प्रधनमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए । त्यसअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका हुन् । सोही कार्यक्रमका लागि उपस्थित हुन प्रधानमन्त्री वालेनले कालो चस्मा लगाउनुपर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *