त्रिशूली–३ ‘ए’ सुरुङभित्र फसेकासँग उद्धार टोलीको दोहोरो संवाद

नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीको दोहोरो संवाद भएको छ। सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएपछि उद्धारमा नयाँ आशा पलाएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै ढाडस दिएको थियो। त्यसको जवाफमा सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको बताइएको छ।

सुरुङभित्रबाट आवाज सुनिनु र उद्धार टोलीको भनाइमा प्रतिक्रिया आउनुले उनीहरू जीवित तथा सचेत अवस्थामा रहेको संकेत गरेको छ। यसले लामो समयदेखि चिन्तामा रहेका परिवार तथा उद्धारमा खटिएका टोलीमा समेत आशा जगाएको छ।

सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सावधानीपूर्वक तथा तीव्र गतिमा काम गरिरहेको छ।

सुरुङको जटिल अवस्था र जोखिमलाई ध्यानमा राख्दै उद्धार टोलीले आवश्यक सुरक्षा सावधानी अपनाइरहेको छ। घटनास्थलमा थप प्राविधिक सहयोग तथा उद्धारका उपकरणसमेत परिचालन गरिएको जनाइएको छ।

सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल बाहिर निकाल्नु अहिले उद्धार टोलीको मुख्य प्राथमिकता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *