बढ्यो अमेरिकी डलरको मूल्य

नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ। बुधबार भने डलरको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३३ पैसा कायम भएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ११ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६१ पैसा तोकिएको छ। यस्तै, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा रहेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६१ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *