प्रदेश

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा बिहीबार साँझ जिप दुर्घटना भएको हो ।

स्याङ्जामा जीप दुर्घटना– सात महिनाको बच्चासहित ५ जनाको मृत्यु

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा बिहीबार साँझ जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार भिरकोट नगरपालिका–३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ आउँदै गरेको ग.१ ज. ७६१० नम्बरको जिपको स्टेरिङ लक भएपछि घुम्तीमा मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेकाे थियाे ।
दुर्घटनामा चालकसहित ११ जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि भिरकोट नगर अस्पताल लगिएकोमा पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरुङलाई अस्पतालले साँझ ५ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए ।
घाइतेमध्ये पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही ठाउँका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ र भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङको अवस्था मध्यम रहेको छ।
नवलपरासी घर भई हाल भिरकोट नगरपालिका–२ दहथुम बस्ने ४३ वर्षीया रस माया गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिप चालक भिरकोट नगरपालिका–२ का ५० वर्षीय खेमप्रसाद गुरुङ प्रहरी नियन्त्रणमा छन्। दुर्घटनापछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट प्रहरी निरीक्षक सुशील घिमिरेको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार