हिन्दु धर्मावलम्बीका लागि पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध औँसीसम्म १६ दिनसम्म मनाइन्छ।
यस अवधिमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहेको छ। आफ्ना दिवंगत आमाबुबा, हजुरबुबा–हजुरआमालगायत पितृहरूको तिथिअनुसार श्राद्ध गर्ने गरिन्छ।
पितृपक्षमा तीर्थस्थल, नदी तथा धार्मिक स्थलमा पुगेर तर्पण र श्राद्ध गर्ने चलनसमेत रहेको छ। विशेषगरी काठमाडौँको लगायतका तीर्थस्थलमा श्राद्ध तथा तर्पणका लागि श्रद्धालुको भीड लाग्ने गर्दछ।
सोह्र श्राद्धको अन्तिम दिनलाई पितृ औँसीका रूपमा मनाइन्छ। धार्मिक मान्यताअनुसार यस अवधिमा पितृहरूको सम्झना तथा सम्मान गर्दै उनीहरूको आत्माको शान्तिको कामना गर्ने गरिन्छ।




