प्रदेश

कास्की प्रहरीमा वार्षिक कार्यसम्पादन करार, चाडपर्व लक्षित सुरक्षा मजबुत बनाउन निर्देशन

जिल्ला प्रहरी कार्यालय कास्कीले मातहतका प्रहरी युनिट प्रमुखसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ ।

कास्की प्रहरीमा वार्षिक कार्यसम्पादन करार, चाडपर्व लक्षित सुरक्षा मजबुत बनाउन निर्देशन

जिल्ला प्रहरी कार्यालय कास्कीले मातहतका प्रहरी युनिट प्रमुखसँग वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा सोमबार जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्की समक्ष आर्थिक वर्ष २०८३/०८४ का लागि ‘कार्ययोजना – २०८३/८४’ सम्बन्धी वार्षिक कार्यसम्पादन करार हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधिलाई थप व्यवस्थित, उत्कृष्ट, परिष्कृत तथा मूल्याङ्कनयोग्य बनाउने उद्देश्यले मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन करार गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा एसपी कार्कीले मातहतका सम्पूर्ण प्रहरी युनिट प्रमुखलाई शान्ति सुरक्षा कायम गर्न भरपर्दो सुरक्षा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

उनले कार्यसम्पादन करारमा उल्लेखित जिम्मेवारीअनुसार उत्कृष्ट कार्यसम्पादन गर्न, नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन तथा अवैध उत्खनन नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए ।

प्रहरीका अनुसार कार्यसम्पादन करारले मातहतका प्रहरी कार्यालयको जिम्मेवारी, कार्यसम्पादन र त्यसको मूल्याङ्कनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार