प्रदेश

रक्त अभाव न्यूनीकरणका लागि स्याङ्जामा रक्तदान, २४ युनिट रगत संकलन

चार्डपर्वका कारण देशभर रगतको अभाव देखिन थालेपछि स्याङ्जामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। आस्था क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।

रक्त अभाव न्यूनीकरणका लागि स्याङ्जामा रक्तदान, २४ युनिट रगत संकलन

चार्डपर्वका कारण देशभर रगतको अभाव देखिन थालेपछि स्याङ्जामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। आस्था क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । कार्यक्रमबाट २४ युनिट रगत संकलन भएको हो ।

चाडपर्वका समयमा नियमित रक्तदान कार्यक्रम कम हुने तर बिरामीका लागि रगतको माग भने निरन्तर रहने भएकाले रगतको अभाव न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष अनन्त रेग्मीले बताए ।

रक्तदानमार्फत संकलित रगतले आवश्यकतामा रहेका बिरामीलाई सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । रक्तदान कार्यक्रम जिल्ला सदरमुकाम पुतलीबजारमा गरिएकाे थियाे ।

सम्बन्धित समाचार