काठमाडाैं- दुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजिनामा गरेका छन् ।
प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजिनामा दिएका हुन् ।
प्रदेशसभाको दोस्रो कार्यकालमा संसद बैठकबाटै राजिनामा गर्ने यादव ५ औं मुख्यमन्त्री हुन् । यसअघि, एमालेका मुख्यमन्त्री सरोजकुमार यादव(महोत्तरी)ले विश्वासको मत लिने क्रममा राजिनामा गरेका थिए ।
एमालेका मुख्यमन्त्रीले राजिनामा गर्नुअघि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनेक्रम मै राजिनामा गरे । सोनल अघि जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत जुटाउन नसक्दा पद त्गगेका थिए ।
जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव(वारा)ले पनि विश्वासको मत लिन नसक्दा स्वतः पदमुक्त भएका थिए ।




