खेलकुद

दशौँ राष्ट्रिय खेलकुदको दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो, बागमती शीर्ष स्थानमा

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश अगाडि देखिएको छ।

logo

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो दिनसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य गरी कुल ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश अगाडि देखिएको छ।

बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जित्दै अग्रता लिएको हो।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने तय भए पनि केही खेलहरु भने सुरु भइसकेका छन्।

दोस्रो दिनसम्म आइपुग्दा एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जोडेको छ।

त्यस्तै, नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पार्दा नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक नै जितेको छ।

सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक जितेको छ भने कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेको छ।

सम्बन्धित समाचार