
कालो केश । सेतो बर्ण । सेतो र खैरो रंगका दुईवटा टिसर्ट लगाएका । शरीरमा तारैतार बेरिएको छ । टाउकोमा हेलमेट । पछाडीपट्टी ग्लाइडर छ । हातमा डोरी । अरुको लागि सहयोगी बनेर उभिएको जस्तो देखिने उनी भर्खर उमेरले १० लागेका छन । स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानस्थित प्याराग्लाइडिङ गर्ने ठाउँमा पुगेका उनलाई जोकोहीले सहयोगीको रुपमा लिन्थे । तर, उनको परिचय सहयोगी भने होइन । हेर्दा सानो भएपनि पेशाले उनी पाइलट हुन् ।
८ बर्षको उमेरदेखी नै आकाशमा उड्ने रहर बताउने स्वरेकका हिमालय सुनुवार अहिले एक्लै आकाशमा उड्छन् । दुई बर्ष पहिला बुवाले सानो छस भनेर आकाशमा उड्न नदिएको बताउने उनले अहिले आएर आकाशमा उड्ने आफ्नो इच्छा पुरा भएको बताए । भन्छन, ‘मेरो एउटै सपना छ । अव सगरमाथाबाट उडान गर्ने ।’ उनी विश्व चर्चित प्याराग्लाइडर सानुबाबु सुनुवारका कान्छो छोरा हुन् । हिमालयले स्वरेकमा रहेको दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुलमा कोष गरेका थिए । बाबुबाट नै कोष गरेको बताउने उनको आमा र दाई पनि प्याराग्लाइडर नै हुन् । छोरा हिमालयको इच्छा चहानालाई सानोबाबुले पनि रोक्न सकेनन ।
त्यसैले १० वर्षको छोराको चाहाना पुरा गराउन बुबा सानोबाबुले छोरालाई अकाशमा उडान भर्न सिकाउदै छन । हिमालयले सानैदेखि प्याराग्लाइडिङमा चाहना राख्नु अस्वभाविक थिएन । किनकी बुबा सानोबाबु सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङ गरेर समुन्द्र तटसम्म पुगेर २०१२ मा नेशनल जियोग्राफी साहसिक हिरो अफ द इयरबाट सम्मानित व्यक्ति हुन । बुबा प्याराग्लाईडिङ प्रशिक्षकसमेत हुन । यसकारण उनले प्याराग्लाइडिङ गर्ने चाहेर मात्र होईन बुबा जस्तै सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य लिएको बताउछन । हिमालयले ग्राउण्ड ¥याण्डेलिङ राम्रो गरेपछि, पहिलो उडानमा आमालाई भने डर लागेको थियो । तर पहिलो दिनको उडानपछि भने उनको मन शान्त भएको छ । ग्राउण्ड ¥याण्डेलिङपछि उनलाई आकाशमा नउडाउने योजनामा बुबा आमा थिए । तर, हिमालय आकाशमा उड्छु भनेर रुदै जिद्दि गरेपछि आकाशमा उड्न दिएको आमा सुस्मिता सुनुवार बताउछिन् । ‘सुरुको दिनमा केही डर लागेको थियो’ हिमालय भन्छन, ‘आकाशमा उड्दै गएपछि अहिले डर हराएको छ । आकाशमा रमाउन थालेका छु ।’ उनी पोखरा बसेर कक्षा ४ मा अध्ययन गर्छन । आकाशमा एक्लै प्याराग्लाइडिङ उडान भर्न सुरु गरि सकेका उनी सम्भवत नेपालमा नै कान्छो व्यक्ति हुन् ।