छात्रतर्फ बिबेक र छात्रातर्फ नर्मताले जिते ५ किलो मिटर दौड

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (पोखरा)
१५ औं सस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्र तर्फ बिबेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योती इङलिस बोर्डिङ स्कूल माछापुच्छ्रे लाहाचोकमा अध्ययनरत कास्कीका बिबेक परियारले जितेका हुन । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेण्डमा पुरा गरेका थिए ।
यसै गरी छात्रातर्फ भानु मावी तनहुँमा अध्ययनरत नर्मता गुरुङले जितेकी छन । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेण्डमा पुरा गरेकी थिइन । दुवैलै दौड जिते सँगै नगद जनही १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरे । त्यसै गरी पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट ०२. ५० सेकेण्डमा पुरा गर्दै दोश्रो भएका छन भने श्री ज्योती मावी नवलपरासीका आशिष पोखरेल २२ मिनेट २२.३० सेकेण्डमा पुरा गर्दै तेश्रो भएका छन । यता छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङ घोराहीकी बन्दना चौधरीले ३० मिनेट १२.२० सेकेण्डमा पुरा गर्दै दोश्रो भइन भने उदय मावी धम्पुस माछापुच्छ्रेकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेण्डमा दोड पुरा गर्दै तेश्रो भइन ।
प्रतियोगितामा दोश्रो र तेश्रो हुनेले धावकले क्रमश जनही नगद ७ र ४ हजारका साथम मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरेका छन ।
बिजयी खेलाडीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, गैर आवाशिय नेपाली संघ यूकेका प्रमुख संरक्षक मेजर डम्वर घले ‘एम भि ओ’, सहारा यूकेका पूर्व अध्यक्ष दिलिप गुरुङ ‘एम वि ई’, पोखरेली मञ्च यूके तथा तमु धिं यूकेका कोषाध्यक्ष कमल गुुरुङ, तमु धिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पोखरेली मञ्च तथा तमु धि यूकेका सल्लाहाकारहरु दिलरास गुरुङ, लाल काजी गुरुङ, भोज बहादुर गुरुङ, भूम्दीकोट समाज पोखराका अध्यक्ष सु.मे. ज्ञान बहादुर गुरुङ, सचिव कृष्ण गुरुङ, प्रतियोगिताका संयोजक हरि प्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।
सो अवसरमा पोखरा महानगर पालिकाकी उप प्रमुख गुरुङले हिमाली सांस्कृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङलाई सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै नगद ५ हजार प्रदान गरेकी छन भने भुम्दी कोट समाज पोखराले समेत हिमाली सांस्कृतिक परिवारलाई नगद ५ हजार प्रदान गरेको छ । दौडमा सहभागी कान्छो उमेरका २ जना खेलाडीहरुलाई भुम्दीकोट समाजले प्रोत्सहान स्वरुप नगद १–१ हजार प्रदान गरेको छ । प्रतियोगितामा ७ वर्ष देखि १६ वर्ष उमेर समुहका खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रम मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङको अध्यक्षतामा भएको थियो । सफल दुधको मुख्य प्रायोजनमा १५ औं संस्करण अन्तर्गत उक्त दौड प्रतियोगिता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *