चार गाउँपालिकामा छैन दमकल

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (पोखरा)
पर्याप्त बजेट छैन । प्रत्येक वस्ती÷वस्तीमा अझै सडक सञ्जाल पुगेको छैन । यदी सडक पुगेको छ भने पनि पिच छैन् । जस्तो ठाउँमा पनि दमकल नपुग्ने भएपछि किन्नतर्फ कुनैपनि गाउ“पालिकाले चासो देखाएनन् । कास्कीका चारवटै गाउ“पालिकामा हालसम्म दमकलको व्यवस्था छैन् । यदी आगलागी भइहाले स्थानीयले गाग्रीमा पानी बोकेर, सेउलाले हम्केर आगो निभाउने प्रचलन यर्थावत छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कु“वरले गाउँपालिकासंग दमकल किन्ने क्षमता नभएको बताए । ‘हामीसंग बजेट छैन कसरी दमकल किन्ने ?’ उनले भने, ‘दमकलको आवश्यक पनि छैन । भीरपाखोमा दमकल हिड्दैन ।’ आगलागी भएमा धनी परिवारले गाग्री, रोचा र गरिवले थाल, कटौरा लिएर घटनास्थल पुग्ने गरेको उनले बताए । ‘आगलागी भए भगवान भरोसा’ उनले थपे, ‘आगलागीबाट गाउँपालिकामा क्षति नभएको भने होइन । तर, दमकल किन्ने बजेट छैन ।’ उनका अनुसार यस गापामा एक बर्षमा १५ वटा घर, ५ वटा धन्सार र गोठ जलेर नष्ट भएका छन् । महानगरसंगै जोडिएको अर्को गाउँपालिका रुपामा पनि अहिलेसम्म दमकलको व्यवस्था छैन् ।
गाउँपालिका प्रमुख नवराज ओझाले यदी ठूलै घटना घट्यो भने महानगरसंगको सहयोगमा दमकल ल्याउने गरेको बताए । अहिलेसम्म ठूलो संकट आइनपरेको बताउदै उनले भने, ‘गापाका सवै वडामा फायर नियन्त्रण राखेका छौ । खानेपानीको पाइपको व्यवस्था गरेका छौ । यदी आगलागी भएमा पानी हाल्ने र अग्निरेखाबाट सुरक्षित गर्नेछौ ।’ गापाले वस्ती वरिपरी अग्निरेखा बनाएर सुरक्षित बनाएको उनले बताए । जंगलको आगो नियन्त्रणमा पनि अग्निरेखाको साहायता लिइने गापाले जनाएको छ । यस गापामा एक बर्षमा जम्मा ३ वटा घरको छाना भएका घर जलेर नष्ट भएका छन् । गाउँपालिकाले दमकल खरिदको लागि कार्ययोजना भने सार्वजानिक गरेको बताएको छ । मादी गापामा पनि दमकल छैन । गापा अध्यक्ष वेदबहादुर गुरुङले दमकल जाने बाटो नभएकाले दमकल नकिनिएको बताए । उनले आफ्नो गापाको घरघरमा अहिलेसम्म बाटो नपुगेको बताउदै दमकल किनेर मात्रै नहुने बताए । उनले यदी घटना घटिहाले गाउँले जम्मा भएर स्याउला र पानीको पाइपकै भर पर्नुपर्ने बताए । ‘आगालागी हुदा“ हारगुहार गरेरै बचेका छौ’ उनले भने । माछापुच्छ«े गापा प्रमुख कर्णबहादुर गुरुङले स्थानीय तहसंग दमकल किन्ने सामथ्र्य नभएको बताए । पछिल्लोसमय खरबारीमा बढी आगलागी भएको बताउदै उनले आफ्ना गापामा एक बर्षमा २ वटा घरमात्र आगलागीबाट नष्ट भएको बताए । दमकल चल्ने बाटो नभएको बताउदै उनले महानगरसंग सहकार्य गरेर दमकल ल्याउने गरेको बताए । पोखरा महानगरपालिकामा एउटा सानोसहित चारवटा दमकल छन् । महानगरको आकस्मीक सेवा उपशाखा इन्र्चाज रामजी केसीले चारवटै दमकल संचालनमा भएपनि आपत् पर्दा चलाउन नसकिने बताए । ‘सानो दमकल रेस्क्युको लागि प्रयोग गर्छौ’ उनले भने, ‘तीनवटा दमकल पनि एकैपटक चलाउन सकिदैन । एउटा दमकलमा कम्तीमा पनि ५ जना कर्मचारी चाहिन्छ । एउटा दमकल लिएर हिड्यौ भने अर्को दमकलमा जाने मान्छे हुदैनन् ।’ तीन जना चालकसहित महानगरमा १० जना कर्मचारी छन् । दुईजना कर्मचारी भने तम्तयारी अवस्थामै हुन्छन् । दमकलमा चौविसै घण्टा पानी हुने बताउदै केसीले बजार क्षेत्रमा ग्यास र विजुली सट भई आगलागी भएपनि यतिबेला वनजंगलमा बढी आगलागी हुने गरेको बताए । महानगरमा चालु आवमा मात्रै आगलागनीबाट एकसय २८ घटना घटे । आवश्यकता हेरेर दमकल लगिने महानगरले जनाएको छ । ट्राफिक जामको कारण पनि समयमै घटनास्थल पुग्न नसकिने केसीले बताए । भन्छन, ‘घटना भएपछि स्थानीयले सिधै हामीलाई सम्पर्क गर्दैनन् । प्रहरीमा खबर गरेपछि प्रहरीले हामीलाई भन्छ । ढिला खबर हुदा पनि समयमै पुग्न नसकिने ।’ उनले दमकलको लागि १०१ हटलाइनको सेवाबारे जानकारी नहुदा“ समस्या भएको बताएका छन् । यसो त, पानीको स्रोत नहुदाँ पनि समस्या हुने गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *