दिपक मनाङेले मागे स्वतन्त्रको स्थान

Share this post :

Facebook
Twitter
WhatsApp

आफ्ू स्वतन्त्र सांसद भएको दावी गर्दै आएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुड उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसदको लागि छुट्टै स्थान हुनुपर्ने माग राखेका छन् । सोमबार गण्डकीको विशेष अधिवेशन संचालन हुदै गर्दा उनले प्रदेशसभा सचिवालयमा स्वतन्त्र सांसदको सिट माग गर्दै निवेदन दर्ता गराएका थिए ।
मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवार बनेर चुनाव जितेका उनलाई मुख्यन्त्री पृथ्वीसुव्वा गुरुडले तत्कालीन नेकपा पार्टीमा प्रवेश गराएका थिए । जनताको समस्या हल गर्न स्थायी सरकार चाहिने बताउदै आएका दीपकले पार्टी पहिलेकै अवस्थामा माओवादी र एमाले बनेपछि स्वतन्त्रको दावी गर्दै आएका हुन् । यता, एमालेले भने गुरुडलाई आफ्नो पोल्टामा लिदै आएको छ ।
उनले सचिवालयमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा म मनाङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रत्यक्ष स्वतन्त्र निर्वाचित सांसद भएकोले संसद भवनमा स्वतन्त्र सांसदको स्थान उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’ सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथी उनले राष्ट्रिय जनमोर्चाले गर्ने निर्णयलाई हेरेर उसैको पक्षमा मतदान गर्ने बताए । भन्छन, ‘सरकारलाई साथ दिन्छु भन्ने तर, सरकारमा पद नखोज्ने भएकाले मलाई राजमो मन परेको छ । यतिवेला अन्य दलले मन्त्री बन्न खोजिरहदा राजमोले साथ दिएर सरकारबाहिर रहने भनेको छ । त्यसैले मेरो मत राजमोले दिएको ठाउँमा हुनेछ ।’
नेकपाको नाममा आफ्नो परिश्रमिकबाट गएको लेबीसमेत माग गर्दै उनले केही महिनाअघि निवेदन दिएका थिए । उनको खाताबाट नेकपाको नाममा १ लाख ४ हजार रुपैयां लेबी काटिएको थियो । लगातार स्वतन्त्र सांसद रहेको दाबी गर्दै आएका मनाङेले हालसम्म मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकारलाई समर्थन गर्दै आएका छन् । गण्डकी प्रदेशसभामा सोमबारदेखी सुरु भएको विशेष अधिवेशनमा सरकार परिवर्तनको एकमात्र एजेन्डा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *