पोखरा — सत्तारुढ दल एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै विरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । सत्तारुढ दल एमालेका सांसदहरुले सबै सांसदहरुको पीसीआर परीक्षणपछि मात्रै बैठक सुरु गर्नुपर्ने भन्दै सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

अहिले पुन: प्रदेशसभा बैठक सुरु भइसकेको छ ।
Post Views: 28