राजश्व सुधार कार्य योजना तर्जुमा सम्बन्धी छलफल

Share this post :

Facebook
Twitter
WhatsApp

वालिङ नगरपालिकामा आज राजश्व सुधार तथा कार्य योजना तर्जुमासम्बन्धी छलफल एवं अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोगमा छलफल एवं अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले राजश्वसम्बन्धी कार्य योजनाहरु बनाउँदा देखिएका कमी कमजोरी तथा त्रुटिहरुलाई सुधार गर्दै नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए । नगरपालिका करको दर नभई दायरा बढाउने गरी अगाडि बढ्ने बताउदै उनले प्रगतिशील कर प्रणालीमा जोड दिईने धारणा राखे । ‘नागरिकले तिरको करको सही सदुपयोग गर्नुपर्छ भन्नेमा नगरपालिका सदैव सजग र सचेत छ’ उनले भने, ‘आँफूले तिरेको करलाई कुन कुन क्षेत्रमा प्रयोग गरियो भन्ने कुरा नागरिकले जान्न पाउने गरी देखिने गरी पारदर्शिता देखाउन सकेमा अझै प्रभावकारी हुने छ ।’
कार्यक्रममा उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकामा प्रदेशमै पहिलोपटक यो छलफल तथा अन्तरक्रिया सञ्चालन गर्न पाउनु हाम्रा लागि निक्कै महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताइन् । उनले कर प्रणालीलाई अझै ब्यवस्थित र गुणस्तरीय तरिकाले सञ्चालन गर्दै हाल भएका कमी कमजोरीहरुलाई सुधारसहित अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले करको संभावित क्षेत्र, करका क्षेत्रमा भएका असल अभ्यासका बारेमा जानकारी लिनका लागि अन्तरक्रियाको आयोजना गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *