गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना पोजेटीभ देखिएको छ । मंगलबार संकलन गरिएको स्वाब परीक्षणमा बुधबार विहान रिर्पोट आएको थियो । जसमा तीन जनालाई कोरोना पोजेटीभ देखिएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । स्रोतका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङलाई कोरोना पोजेटीभ देखिएको हो ।
सवै सांसदको कोरोना परीक्षणको माग राख्दै सत्तारुढ दल नेकपा एमालले प्रदेशसभा वैठक अवरुद्ध गरेपछि सांसदको स्वाब संकलन गरिएको थियो । मंगलबारको वैठक अवरुद्ध भएपछि बुधबार १ बजेलाई बोलाइएको छ । बुधबारको वैठकमा सरकारविरुद्धको अविश्वास प्रस्तावमाथी छलफल हुने सचिलायले जनाएको छ । अविश्वासको प्रस्तावमाथी मतदान गर्ने कार्यक्रम पनि बुधबारै रहेको प्रदेशसभा सचिलालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । उनका अनुसार कोरोना पोेजेटीभ देखिएका सांसदले पनि मतदान गर्न पाउनेछन् ।
