वालिङका उद्यमीलाई कृषि औजार बितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत बिभिन्न सामाग्री बितरण गरिएको हो ।
कृषि औजारहरु हस्तान्तरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बढाउन र लागत कम गर्न कृषि औजार सहयोगी हुने बताए । उनले भने, ‘अत्याधुनिक प्रविधिको प्रयोगले कृषकको परिश्रममा कमी ल्याउने मात्रै होईन उत्पादकत्व समेत बढ्छ ।’ कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कोभिडको प्रभावबाट बच्दै कृषि कर्ममा निरन्तर लाग्न कृषकलाई सुझाव दिए ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावित कृषक तथा उद्यमीलाई लक्षित गरि बिभिन्न सामाग्री प्रदान गरिएको बताइन् । कार्यक्रममा मिल्क एनालाईजर, मिनि थ्रेसर,अटोमेटिक मकै छोडाउने मेसिन, अत्याधुनिक चापकटर, ठेलागाडा, वाईपर गम्वुट सेट,वेडर लगायतका सामाग्री कृषि औजार तथा सामाग्री बितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।
