
सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सिसीएमसीको सिफारिसका आधारमा सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लाग्न थालेको भन्दै सिसीएमसीले हवाई उडान बन्द गर्न सिफारिस गरेको थियो ।यसबाहेक बैठकले अन्तर्राष्ट्रिय उडान अन्तर्गत भारत, ब्राजिल र दक्षिण अफ्रिकाका उडान पनि रोक्ने निर्णय गरेको छ ।
कोरोनाको भयावह अवस्था देखिएका यी मुलुकमा पहिलो चरणमा ती देशका उडान रोक्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
Post Views: 23