
नेपालको फोटो पत्रकारितामा स्थापित नाम हो प्रदीपराज वन्त । विगत एक दशक भन्दा वढी समयदेखि फोटो पत्रकारितामा अब्बल हुदै आएका वन्तको “थाहा छैन” म्यूजिक भिडियो सार्वजानिक भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रम आयोजना गर्दै आएका वन्तको यो तेस्रो म्युजिक हो । गीतकार सन्तोषजंग थापाद्धारा लिखित “थाहा छैन” नामक म्यूजिक भिडियो काठमाडौंको कपनस्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संगीतकार तथा गायक नरहरि प्रेमीले फोटो पत्रकार वन्तले नेपाली समाजमा युवायुवती मायामा कसरी तडपिएर वाच्दा रहेछन भन्ने भोगेको दुखलाई गीत संगीतमा अभिनयकोे माध्यमबाट प्रस्तुत गरेको बताए । उनले कलाका विभिन्न आयाम हुने भएकाले त्यसलाई असाध्यै मिहिन तरिकाले प्रस्तुत गर्न सकिने र मानिसको ह्दय छुन सक्ने बताए ।
नेपाली समाजमा मायामा परेकालाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार थापाद्धारा रचित यो गीत गायक रोसन राईले गाएका छन भने भिडियोमा फोटा पत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ । गीतको छायाँङ्कन रामकृष्ण चौलागाईले गरेका छन् । संगीत तथा भिडियो निर्देशन आसिक राईले गरेका छन् । म्यूजिक भिडियो रन्जु राई मिनाले निर्माण गरेकी हुन् । उक्त म्यूजिक भिडियो सदभाव टिभि नेपाल यूट्युव च्यानलमार्फत आइतबार नै सार्वजनिक गरिएको छ ।