
गण्डकी प्रदेशमा एकैदिन ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीका ३६८ सहित प्रदेशभर आइतबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या गण्डकी प्रदेशमा हालसम्म कोरोना पुष्टि भएको हालसम्मकै धेरै हो । यसअघि पहिलो लहरमा प्रदेशमा सबैभन्दा धेरै ३४२ जनामा कोरोना पुष्टि भएको थियो ।
स्याङ्जाका १०४, नवलपुरका २९, म्याग्दीका २३, तनहुँका १४, मुस्ताङका १३, पर्वतका ९, लमजुङका ८, बागलुङ र मनाङका ४र४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । अहिलेसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय २१ पुगेको छ । तीमध्ये १६ हजार ९४६ जना निको भएका छन् भने २३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।
Post Views: 22